PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बुद्ध एयरको जहाजमा मुसा देखिएपछि...



पहिलोपोस्ट

बुद्ध एयरको जहाजमा मुसा देखिएपछि...
फाइल फोटो।

काठमाडौं : जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उड्ने बेलामा यात्रुले मुसा देखेपछि होल्ड गरिएको बुद्ध एयरको जहाज निरीक्षणका लागि राखिएको छ।

दुई जना यात्रुले मुसा देखिएको जानकारी दिएलगत्तै कम्पनीले उक्त जहाज त्यही रोकेर अर्को जहाजमा यात्रुलाई काठमाडौं ल्याएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णले बताएका छन्।

‘दुईजना यात्रुले जहाजमा मुसा देखेको बताएका थिए। लगत्तै हामीले यताबाट अर्को जहाज पठाएका थियौं, करिब ५० जना यात्रुलाई काठमाडौं ल्याइएको छ’, उनले भने, ‘उता राखिएको जहाज निरीक्षणपछि मात्रै काठमाडौं ल्याइनेछ।’

शनिवार बिहान ८:३० बजे उक्त जहाजले काठमाडौं-जनकपुर उडान गरेको थियो। जनकपुरबाट यात्रु लिएर काठमाडौं फर्कन लाग्दा जहाजमा यात्रुले मुसा देखेका थिए।

उनीहरुले ‘जहाजभित्र मुसा देखियो’ भनेपछि उक्त उडान स्थगन गरिएको थियो। ती यात्रुलाई अर्को जहाजमा सेवा दिइएको बुद्ध एयरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell