
वीरगंजः बारामा १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाउँपालिका ३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेका छन्।
प्रहरीका अनुसार गत कात्तिक १६ गते रातिको समयमा बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाउँकै १३ वर्षिय बालिकालाई बलात्कार गरेका थिए। घटनालगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले जेठ ५ गते पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिए।
बैठामाथि थप अनुसन्धान भइरहेको पाण्डले बताए। घटनामा संलग्न बैठाका साथी फरार रहेको पाण्डेले बताए।