PahiloPost

Jul 3, 2024 | २० असार २०८१

थ्री स्टारमाथि सातदोबाटोको सानदार जित, १९ औँ चरण सकिँदा चर्च ब्वाइज शीर्ष स्थानमा



पहिलोपोस्ट

थ्री स्टारमाथि सातदोबाटोको सानदार जित, १९ औँ चरण सकिँदा चर्च ब्वाइज शीर्ष स्थानमा
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शनिवार सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले थ्री स्टारमाथि २-० गोलको जित निकालेको हो।

ललितपुर डर्बीमा सातदोबाटोलाई जित दिलाउन दुबै गोल विलियम ओपोकुले गरे। उनले पहिलो गोल २४ औँ मिनेटमा गरेका थिए। त्यस्तै ४७ औँ मिनेटमा दोस्रो गोल गर्दा खेल २-० ले सातदोबाटोले जित्यो। जितसँगै सातदोबाटो २९ अंक जोडेर तालिकाको चौथो स्थानमा कायम छ भने थ्री स्टार २६ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।

लिगको १९ औँ चरण सकिँदा ३६ अंक जोडेको चर्च ब्वाइज तालिकाको शीर्षस्थानमा छ भने ३२ अंक जोडेको जावलाखेल युथ तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै ३१ अंक जोडेर मछिन्द्र तेस्रो स्थानमा रहँदा २९ अंक जोडेको सातदोबाटो चौथो स्थानमा छ। पाँचौँ र छैटौँ स्थानमा २६ अंक जोडेको थ्री स्टार र त्रिभुवन आर्मी रहँदा सातौँ स्थानमा २५ अंक जोडेको हिमालयन शेर्पा छ। ८ र ९ औँ स्थानमा समान २३ अंक जोडेका मनाङ मर्स्याङदी र न्युरोड टीम रहँदा समान २२ अंक जोडेर एपीएफ, संकटा र नेपाल पुलिस १०, ११ र १२ औँ स्थानमा छन्। रेलिगेशन क्षेत्रमा २१ अंक जोडेको फ्रेन्ड्स क्लब र १८ अंक जोडेको एफसी खुमलटार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell