PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जापानमै बस्यो क्वाड राष्ट्रको बैठक, इन्डो प्यासेफिक क्षेत्रबारे छलफल



पहिलोपोस्ट

जापानमै बस्यो क्वाड राष्ट्रको बैठक, इन्डो प्यासेफिक क्षेत्रबारे छलफल
Photo : Reuters

अस्ट्रेलियामा हुने भनिएको ‘क्वाड’ राष्ट्रहरुको सम्मेलन जापानमा बसेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली देशको भ्रमण छोट्याएपछि अर्को हप्ता बस्ने तय भएको अमेरिका, भारत, अस्ट्रेलिया र जापान संलग्न 'क्वाड' राष्ट्रका नेताहरुबिचको बैठक स्थगित गरेको थियो।

क्वाड बैठक स्थगित गरिए पनि चारदेशका सबै नेताहरु जापानमा थिए। त्यहाँ भइरहेको जी७ बैठकमा सहभागी हुन पुगेका थिए। त्यही अवसरमा अस्ट्रेलियाले जापानमा नै  छुट्टै क्वाड राष्ट्रको बैठक आयोजना गरेको थियो।

अमेरिकामा चलिरहेको 'डेब्ट क्राइसिस' लाई मध्यनजर गर्दै बाइडेनले तय भएको भ्रमण छोट्याएका थिए। बाइडेन अमेरिका फर्कन हतारिएपछि जापानमा नै बैठक बसेको हो।

बैठकमा बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानेजसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री किशिदा फुमियोबिच छलफल भएको थियो।

क्वाड राष्ट्रको बैठक विशेष षरि इन्डो प्यासेफिक क्षेत्रलाई लिएर केन्द्रित थियो। सो क्षेत्रको भौतिक पूर्वाधार, जलवायु, स्वास्थ्य, प्रविधि लगायतका क्षेत्रको विकासबारे देशहरुबिच छलफल भएको थियो। यस्तै, क्षेत्रिय समस्याहरु बारे पनि नेताहरुबिच मन्थन भएको थियो।

क्वाड राष्ट्रको बैठकमा युक्रेन-रसिया युद्धबारे पनि छलफल भएको थियो। यसपटकको जी७ सम्मेलन रसिया-युक्रेन युद्ध र इन्डो प्यासेफिकबारे नै केन्द्रित थियो। जी७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रिति भोलोदिमिर जेलेनस्की पनि जापान पुगेका छन्।

क्वाडमा पनि जी७ मा जस्तै खुला इन्डो प्यासेफिक राणनीतिबारे कुराकानी भएको थियो। यो क्षेत्रमा चीनको बढ्दो प्रभावलाई लक्षित गर्दै यो रणनीति ल्याइएको हो। क्वाड राष्ट्रबिच इन्फ्रास्ट्रक्चर फेलोसिप, अन्डर सी केबल, किल्न एनर्जी लगायतका विषयमा पनि छलफल भएको थियो।

सन् २०२४ मा क्वाड राष्ट्रको बैठक भारतमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell