PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

आज पनि वर्षा हुने, कोशी र मधेशमा हावाहुरी चल्ने सक्ने पूर्वानुमान



पहिलोपोस्ट

आज पनि वर्षा हुने, कोशी र मधेशमा हावाहुरी चल्ने सक्ने पूर्वानुमान

काठमाडौं : आइतवार बिहान देशभर पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell