PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प



पहिलोपोस्ट

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे ४. १ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell