PahiloPost

Jun 15, 2026 | १ असार २०८३

दोस्रो स्थानको आर्सनल नटिङ्घम फरेस्टसँग पराजित हुँदा सिटी लिग च्याम्पियन



पहिलोपोस्ट

दोस्रो स्थानको आर्सनल नटिङ्घम फरेस्टसँग पराजित हुँदा सिटी लिग च्याम्पियन
Photo: Man City

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल नटिङ्घम फरेस्टसँग पराजित भयो। सिटी ग्राउण्डमा सम्पन्न खेलमा १९ औँ मिनेटमा टाइवो अवोनियीले निर्णायक गोल गर्दा घरेलु टोलीले आर्सनलमाथि १-० गोलको जित निकाल्यो।

आर्सनलको पराजयसँगै म्यानचेस्टर सिटी भने लिग च्याम्पियन बनेको छ। पछिल्ला ६ वर्षमा सिटी पाँचौँ पटक च्याम्पियन बनेको हो। पछिल्लो पटक म्यानचेस्टर युनाइटेडले लगातार तीन सिजन प्रिमियर लिग च्याम्पियन बनेको थियो। युनाइटेडले पछिल्लो पटक सन् २००६/७, २००७/८ र २००९/१० को सिजन लगातार जितेको थियो।

यसपाला सिटीलाई 'ट्रेबल' अर्थात लिग, एफए कप र च्याम्पियन्स लिग तीनवटै एक सिजन जित्नेसमेत अवसर छ।

सिटीले ३५ खेलबाट ८५ अंक जोड्दा दोस्रो स्थानको आर्सनलले ३७ खेलबाट ८१ अंक जोडेको छ। ६९ अंक जोडेको न्युक्यासल तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell