PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

एक रनको जितले लखनउ प्लेअफमा, कोलकाता 'आउट'



पहिलोपोस्ट

एक रनको जितले लखनउ प्लेअफमा, कोलकाता 'आउट'
Photo: IPL

इण्डियन प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ। कोलकतास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा लखनउले घरेलु टोलीमाथि १ रनको जित निकाल्दै प्लेअफमा स्थान बनाएको हो। यही १ रनको पराजयसँगै कोलकाता प्लेअफको होडबाट बाहिरिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। जसका लागि निकोलस पुरनले सर्वाधिक ५८ रन बनाउँदा क्विन्टन डी ककले २८ तथा प्रेरक मेनकाडले २६ रन बनाए। बलिङतर्फ कोलकाताका सुनिल नारेन, सार्दुल ठाकुर र वैभव अरोराले समान २ विकेट लिँदा हर्षित रानाले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ७ विकेट गुमाएर १७५ रनमा समेटियो। जसमा रिंकु सिंहले ३३ बलमा सर्वाधिक अविजित ६७ रन बनाउँदा जेसन रोयले ४५ तथा वेङ्कटेस ऐयरले २४ रन बनाए। बलिङतर्फ लखनउका यश ठाकुर र रवि विश्नोइले समान २ विकेट लिँदा क्रुणाल पाण्ड्या र कृष्णप्पा गोउतमले समान १ विकेट लिए।

जितसँगै लखनउले प्लेअफमा स्थान पक्का गरेको छ। त्यस्तै कोलकाता प्लेअफको होडबाट बाहिरिएको छ। यसअघि गुजरात टाइटन्स र चेन्नइ सुपर किंग्सले पनि प्लेअफमा स्थान बनाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell