PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

महानगरभित्रका अस्पतालहरुलाई बालेनले भने : मापदण्ड अनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु



पहिलोपोस्ट

महानगरभित्रका अस्पतालहरुलाई बालेनले भने : मापदण्ड अनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु

काठमाडौं : काठमाडौं महानगरपालिकाले महनगर क्षेत्र भित्र रहेका अस्पतालहरुलाई लक्षित वर्गलाई मापदण्ड अनुसार नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

महानगर प्रमुख बालेन्द्र शाहले स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाले निर्णय गरेको बताएका छन्।

‘महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णय अनुसार सम्बन्धित सबैलाई यो सूचना जारी गरिएको छ,’ बालेनले फेसबुकमा लेखेका छन्।

अतिरिक्त लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्न पनि उनले सूचनामार्फत भनेका छन्। यस्तै, ती विवरण महानगरमा प्रत्येक महिनाको १० गतेसम्म नबुझाएको पाइएमा नियम अनुसार कारवाही हुनेसमेत उनले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell