PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मेक्सिकोमा कार रेसिङ चलिरहँदा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु



पहिलोपोस्ट

मेक्सिकोमा कार रेसिङ चलिरहँदा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु
Photo : wikimedia

मेक्सिकोको बाजा क्यालिफोर्नियामा एक समूहले गोली चलाएर १० जनाको हत्या गरेका छन्।

कार रेसिङ चलिरहेको बेला ‘ड्युन बग्गी’ रेस कारमा बसिरहेका राइडरहरुमाथि सिल्भर एसयुभी गाडीबाट बाहिर निस्किएका हतियारधारी व्यक्तिहरुले अन्धाधुन्ध गोली चलाएका थिए। सो घटनामा १० जनाको मृत्यु भएको र ९ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

शनिवार स्थानीय समय अनुसार दिउँसो २:१५ बजे सो गोलीकाण्ड भएको थियो। बन्दुकधारीले गोली चलाएको कयौं भिडियोहरु अहिले सामाजिक संजालमा ‘सेयर’ भइरहेका छन्। सो घटनामा मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गरिएको छैन।

प्रहरीले गोलीकाण्डबारे अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell