PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

शान्तदासलाई 'बालसाहित्य रत्न'



पहिलोपोस्ट

शान्तदासलाई 'बालसाहित्य रत्न'

काठमाडौं : नेपाल बालसाहित्य समाजको अगुवाईमा विभिन्न विद्यालय र पुस्तकालयसमेत गरी ११ वटा संस्थाले नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदासलाई 'बालसाहित्य रत्न' उपाधि प्रदान गरिएको छ। शान्तदासको ९० औं जन्मदिनको अवसर पारेर उक्त उपाधि प्रदान गरिएको हो। अन्य संलग्न संस्थाहरूमा बालसाहित्य प्रतिष्ठान नेपाल, कथावाचक समाज, बालवाङ्मय तथा अनुसन्धान केन्द्र, थिएटर सेन्टर फर चिन्ड्रेन, सिविन-नेपाल, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, एभरेष्ट इङ्लिस स्कुल भक्तपुर, फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुल काठमाडौं, जुगल स्कुल ललितपुर र किताब चरो रहेका थिए। 

बालसाहित्य समाजका अध्यक्ष प्रधान, अन्य संस्था र विद्यालयका प्रतिनिधिले संयुक्त रूपमा उक्त उपाधि उल्लिखित अभिनन्दनपत्र शान्तदासलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा सिविन-नेपालका तर्फबाट शान्तदासबारे निर्माण गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो भने फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुलका बालबालिकाले शान्तदासले लेखेको बालकविताको अभिनयका माध्यमबाट प्रदर्शन गरेका थिए। कार्यक्रममा कथावाचक समाजका अध्यक्ष  प्रा.डा. ध्रुवकुमार घिमिरे, बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेय घिमिरे, बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्य, थिएटर सेन्टर फर चिल्ड्रेनका अध्यक्ष केदार श्रेष्ठ,   डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका निर्देशक भोला श्रेष्ठ, एभरेष्ट इङ्लिस स्कुलका प्रधानाध्यापक भक्त राजभण्डारी, फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुलका  प्रिन्सिपल मनोज श्रेष्ठ र किताब चरोका अध्यक्ष रामबाबु सुवेदीले शान्तदासको योगदानको चर्चा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell