PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुई हजारका गुलावी नोटको खपत पहेँलो सुनतिर, ट्राभलमा खर्चिँदा रियल स्टेटतिर नजाने !



पहिलोपोस्ट

दुई हजारका गुलावी नोटको खपत पहेँलो सुनतिर, ट्राभलमा खर्चिँदा रियल स्टेटतिर नजाने !

नयाँ दिल्ली : शनिवार एकजना ग्राहक यहाँको गहन पसलमा पुगे र पाँच लाख रुपैयाँको सुनका गहना बुकिङ गरे। उनले पाँच लाख रकम दुई हजार रुपैयाँ दरका नोटको बन्डलबाट तिरे। रकम तिरे पनि उनको गहना बनिसक्न केही दिन लाग्‍नेछ। भारतीय केन्द्रीय बैंक आरबीआईले २ हजार रुपैयाँका नोट स्टक आउट गर्ने निर्णय लिएसँगै ती व्यक्तिले आफूसँग रहेका नगदलाई सुनमा रुपान्तरण गरेका हुन्।

गहना पसलमा देखिएको यसखाले दृश्य अन्य स्टोरहरुमा पनि नौलो रहेन। बिहानै देखि गुलावी रङको नोटले तहल्का मच्चाइरहेको नोयडामा सेल्समा खटिएका एक कर्मचारीले बताए। नोट शून्यमा झार्ने नीतिसँगै सेल्सपर्सनको व्यस्तता बढेको छ। किनमेलमा मानिसहरु यही नोटको प्रयोग गरिरहेका छन्। 

दुई हजार नोटको व्यवस्थापनमा यसरी नै खर्च हुने हो भने सुनको मूल्य माथि जाने सम्भावना बढाएको छ। दुई हजार रुपैयाँको नोट भारतीय उपभोक्ताका लागि यतिखेर सकसको विषय पनि बनिरहेको छ। ठूलो परिमाणमा खरीद गर्दा प्यान कार्डको डिटेल लिइने भएकाले महँगा सामग्री किन्न उपभोक्ताहरु हिच्किचाइरहेका छन्। ठूलो कारोवार हुँदा कर कार्यालयका कर्मचारीको ध्यान खिचिने भएकाले उनीहरु संशयमा रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

शुक्रवार मात्रै आरबीआईले २ हजारका नोटलाई बैंकिङ च्यानलमा भित्र्याउने रणनीति अनुसार आह्वान गरेको छ। दुई हजार रुपैयाँको नोटको सर्कुलेसन शून्यमा झार्ने उसको रणनीति हो। सेप्टेम्बर ३० लाई डेडलाइनका रुपमा तोकिएको भए पनि त्यसपछि कानुनी रुपमा कारोबारमा रहनसक्ने आरबीआईले जनाएको छ। 

'सुनका गहनाको कारोवारमा झड्का देखिएको छ। यसले पक्कै पनि माग बढाउने देखिन्छ। अक्षय तृतीयामा यसको चाप अझ बढी पर्नेछ। नोट साट्ने अवधि सकिँदै गर्दा सुनको माग बढ्ने देखिन्छ,' कोमोट्रे्न्डस् रिसर्चका निर्देशक गनशेखरन थिगराजनले भने। 

सुनसँगै २ हजार रुपैयाँ रित्याउन मानिसहरु ट्राभलमा खर्च गर्न निसक्ने समेत विश्लेषकहरुको आँकलन छ। सुन र ट्राभलमा खर्च भए पनि रियल स्टेटमा भने लगानी बढ्ने सम्भावना नदेखिएको विश्लेषकहरुको बुझाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell