PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ओलीले आफैलाई दाँजे बाघसँग : म्याउँम्याउँ गर्दिनँ, शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने कोसिस हुँदैछ



पहिलोपोस्ट

ओलीले आफैलाई दाँजे बाघसँग : म्याउँम्याउँ गर्दिनँ, शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने कोसिस हुँदैछ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजेको आरोप लगाएका छन्। सदनमा नीति तथा कार्यक्रमका विषयमा आफ्नो भनाई राख्ने क्रममा ओलीले दोषीलाई उम्काउने प्रयास भइरहेको दाबीसमेत गरेका छन्। 'तथ्यसहित भन्दैछु दोषीलाई उम्काउने प्रयास भइरहेको छ। निर्दोषलाई फसाउने कोसिस हुँदैछ,' ओलीले भने। 

ओलीले तीन जना शीर्ष नेताको बैठकमा समेत सन्देह जनाउने खालको सन्देश गएकोमा आफूलाई अचम्म लागेको बताए। 'तीन जना नेता भेट्दा दुई जना चाहि दुधमा नुहाएका। अनि केपी ओली चाहि मेरो मान्छे बचाइ दिनु भन्दै जान्छ?' आफूलाई बाघसँग दाँज्दै ओलीले भने, 'बाघ भोकै बस्छ, घाँस खाँदैन, म्याउँम्याउँ गर्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell