PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एल साल्भादोरको एक फुटबल स्टेडियममा भीडमा च्यापिएर १२ जनाको मृत्यु



पहिलोपोस्ट

एल साल्भादोरको एक फुटबल स्टेडियममा भीडमा च्यापिएर १२ जनाको मृत्यु
Photo: GETTY IMAGES

एल साल्भादोरको राजधानी सान साल्भादोरस्थित एक फुटबल स्टेडियममा भीडमा च्यापिएर कम्तीमा १२ जनाको मृत्यु भएको छ। गेट बन्द भइसकेपछि फ्यानहरुको ठूलो समूह स्टेडियमभित्र प्रवेश गर्न खोज्दा उक्त घटना भएको बीबीसीले उल्लेख गरेको छ।

सान साल्भादोरको स्थानीय फुटबल टिमहरु एलिएन्जा र सान्टा एनाको फासबिचको खेल भइरहँदा कुस्काट्लान स्टेडियममा सो घटना भएको हो। घटनापछि खेल स्थगित भएको छ।

स्थानीय मिडियाले सेयर गरेका फुटेजहरुमा फ्यानहरूले स्टेडियमको प्रवेशद्वारमा लगाएको ‘ब्यारिकेड’ तल तान्ने प्रयास गरिरहेको देखिएको छ।

प्रहरीले मृत्यु हुने सबै १८ वर्षमाथि रहेको बताएको छ। राष्ट्रपति नायिब बुकेलेले घटनालाई ‘अप्रत्यासित’ भन्दै अनुसन्धान गरिने बताए।  केही फ्यानहरूले नक्कली टिकट बेचेको भन्दै अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell