PahiloPost

May 24, 2026 | १० जेठ २०८३

संसदमा प्रचण्ड - ओली : रोस्ट्रममा कडा, बेञ्जमा भने मुसुमुसु

संसदमा प्रचण्ड - ओली : रोस्ट्रममा कडा, बेञ्जमा भने मुसुमुसु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आइतबार नेकपा एमालेका अध्यक्ष केपी ओली रोस्ट्रममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिए। कांग्रेससँग मिलेको प्रचण्डलाई ओलीले मुटु फेरेको सरकारसमेत भन्न भ्याए। अहिलेको सरकारको नीति तथा कार्यक्रम फिर्ता लिनुपर्ने तर्कसमेत प्रस्तुत गरेका ओलीले सरकारको आर्थिक पोलिसी प्यारालाइज्ड भएकोसम्म भन्न भ्याए।

उनै ओली रोस्ट्रम पुग्नुअघि भने प्रधानमन्त्री प्रचण्डसँग हाँसोठट्टाको मुद्रामा देखिए। सत्तापक्ष बेञ्चमा रहेका प्रचण्ड र विपक्षी बेञ्चमा रहेका ओली नजिकनजिक देखिन्थे। ओलीको इशारामा प्रचण्ड मुसुमुसु हाँसेको पनि देखिन्थे। रोस्ट्रम जानुअघि प्रचण्डसँग ओलीले ह्यान्डसेकसमेत गरेका थिए।

फोटोहरु : रासस/पहिलोपोस्ट



ट्रेन्डिङ पोस्ट

Ncell