PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

५८औँ दिनमा वाग्मती सरकारले पायो पूर्णता



पहिलोपोस्ट

५८औँ दिनमा वाग्मती सरकारले पायो पूर्णता

हेटौंडा : वाग्मती प्रदेश सरकारले ५८औँ दिनमा पूर्णता पाएको पाएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेसबाट ४ जना र नेकपा (एकीकृत समाजवादी)बाट २ जनालाई मन्त्री बनाएका छन्।

एक मन्त्रालय फुटाएर १२ मन्त्रालय बनेसँगै मन्त्रालयमा भागबण्डा मिलेको थियो। वाग्मतीमा रिक्त रहेका ५ मन्त्रालय र बिनाविभागीय मन्त्री गरी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट ६ मन्त्री नियुक्त भएका हुन्।

नयाँ मन्त्रिपरिषद्मा लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायातमन्त्री, राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकासमन्त्री, मसिना खड्का वन तथा वातावारणमन्त्री, पुकार महर्जन उद्योग पर्यटन तथा सहकारीमन्त्री, उत्तम जोशी स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन्। यस्तै, रामकृष्ण चित्रकार बिनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन्।

नवनियुक्त मन्त्रीहरुले आइतवार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन एवं कार्य विभाजन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell