PahiloPost

Jun 15, 2026 | १ असार २०८३

'नीरफूल' टिमद्वारा तामाङ पत्रकार संघलाई ५० हजार सहयोगको घोषणा



पहिलोपोस्ट

'नीरफूल' टिमद्वारा तामाङ पत्रकार संघलाई ५० हजार सहयोगको घोषणा

काठमाडौं : फूलमान वल तामाङको लेखन तथा निर्देशन रहेको नीरफूल टिमले तामाङ पत्रकार संघलाई ५० हजार सहयोग गर्ने भएको छ। नेपाल टेलिभिजनका महाप्रबन्धकसमेत रहेका वलले पत्रकार संघको अक्षयकोषका लागि फिल्मले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

तामाङ पत्रकार संघको राष्ट्रिय भेलामा निर्देशक वलले उक्त घोषणा गरेका हुन्। नीरफूल जेठ २६ बाट हलहरुमा प्रदर्शनमा आउँदैछ। फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिग्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell