PahiloPost

May 24, 2026 | १० जेठ २०८३

लडाकु शिविरमा भएको अनियमितताबारे माओवादीको स्पष्टीकरण, शरणार्थी प्रकरणमा सम्झौता नहोस्



पहिलोपोस्ट

लडाकु शिविरमा भएको अनियमितताबारे माओवादीको स्पष्टीकरण, शरणार्थी प्रकरणमा सम्झौता नहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा माओवादीले अनियमितता गरेको आरोपबारे प्रष्टीकरण दिएको छ। पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुको समपरीक्षण गरिएको उल्लेख गरेका छन्। 'वार्षिक प्रतिवेदन २०६९ पेज न. २५९ अनुसार उक्त बेरुजुको समपरीक्षण सार्वजनिक गरिएको थियो,' विज्ञप्तिमा भनिएको छ। 

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न कुनै कसर बाँकी नराख्न पनि अनुरोध गरेको छ। 'सरकारले दोषीलाई कारवाही गर्न कुनै कसर बाँकी नराखोस् र कुनै पनि किसिमको सम्झौता नगरोस् भन्ने पार्टीको विषेश आग्रह छ,' विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell