PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

मछिन्द्रले एनआरटीलाई हरायो, मनाङसँग १० खेलाडीमा समेटिएको एपीएफको बाहदुरीपूर्ण बराबरी



पहिलोपोस्ट

मछिन्द्रले एनआरटीलाई हरायो, मनाङसँग १० खेलाडीमा समेटिएको एपीएफको बाहदुरीपूर्ण बराबरी
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतवार सम्पन्न खेलमा मछिन्द्र क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ। च्यासल स्टेडियममा सम्पन्न खेलमा मनाङले च्यासलमाथि २-० गोलको जित निकालेको हो।

खेलको १३ औँ मिनेटमा ओलावाले अफीजको गोलमा मछिन्द्रले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको मछिन्द्रका लागि दोस्रो गोल सौरभ लिम्बुले इन्ज्युरी समयमा गरेका थिए।

त्यस्तै आइतवार नै दशरथ रंगशालामा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको एपीएफले मनाङ मर्स्याङदी क्लबलाई २-२ गोलको बराबरीमा रोक्यो।

खेलको ११ औँ मिनेटमै खराब ट्याकल गरेपछि एपीएफका विश्वास उदास रेडकार्ड खाँदै बाहिरिँदा टोली १० खेलाडीमा समेटिएको थियो। त्यसैमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै कोफी टिमोथी कोउडोले मनाङलाई अग्रता दिलाए। तर, खेलको २० औँ मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए। तर, २६ औँ मिनेटमा मनाङले फेरि सुमित श्रेष्ठको गोलमा अग्रता बनायो। पहिलो हाफमा एक गोलले पछि परेको एपीएफले दोस्रो हाफमा खेलमा पुनरागमन गर्न सफल भयो। खेलको ६४ औँ मिनेटमा अर्मान्ड बिएडोउमले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउन सफल भए।

योसँगै मछिन्द्र क्लब ३४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै २४ अंक जोडेर मनाङ ८ औँ स्थानमा कायम छ भने २३ अंक जोडेको एपीएफ नवौँ स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell