इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर गुजरात टाइटन्ससँग पराजित भएसँगै प्लेअफ खेल्ने चार टोलीको टुंगो लागेको छ। आइतवारको खेलमा बेङ्ग्लोरसँगै मुम्बई इण्डियन्स र राजस्थान रोयल्स प्लेअफ पुग्ने होडमा थिए। जसमा आइवार पहिलो खेलमा हैदराबादलाई हराएको मुम्बई दोस्रो खेलमा बेङ्ग्लोर गुजरातसँग ६ विकेटले पराजित भएसँगै प्लेअफमा पुग्न सफल भएको हो।
योसँगै प्लेअफमा गुजरात टाइटन्स, चेन्नइ सुपरकिंग्स, लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्सले प्लेअफ खेल्ने भएका छन्।
𝗔𝗻𝗱 𝘁𝗵𝗲𝗻 𝘁𝗵𝗲𝗿𝗲 𝘄𝗲𝗿𝗲 𝗳𝗼𝘂𝗿 😉
— IndianPremierLeague (@IPL) May 21, 2023
A round of applause for the 🔝 four teams who have made it to the #TATAIPL 2023 Playoffs 👏🏻👏🏻 pic.twitter.com/Lc5l19t4eE
कोहलीको शतक तर बेङ्ग्लोरको हार
बेङ्ग्लुरुस्थित चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङ उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो। जसमा विराट कोहलीले सर्वाधिक अविजित १०१ रन बनाउँदा कप्तान फाफ डूप्लिसिसले २८, महिपाल लोमरले २६ तथा अनुज रावतले अविजित २३ रन बनाए। कोहलीको यो ब्याक-टू-ब्याक दोस्रो शतक हो। योसँगै उनी आईपीएलमा सबैभन्दा धेरै पटक शतक प्रहार गर्ने खेलाडीको सूचीमा क्रिस गेललाई पछि पार्दै सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन्। उनको यो सातौँ आईपीएल शतक हो। बलिङतर्फ गुजरातका नूर अहमेदले २ विकेट लिँदा मोहम्मद शमी, यश डायल र राशिद खानले समान १ विकेट लिए।
.@imVkohli smashed a sensational TON when the going got tough and he becomes our 🔝 performer from the first innings of the #RCBvGT clash in the #TATAIPL 👌🏻
— IndianPremierLeague (@IPL) May 21, 2023
A look at his batting summary 🔽 pic.twitter.com/p7dLFiF2Cy
जवाफी ब्याटिङमा उत्रिएको गुजरातका लागि शुभमन गिलले शतकीय इन्निङ्स खेल्दा १९.१ ओभरमा ४ विकेट गुमाएर गुजरातले लक्ष्य पुरा गर्यो। गुजरातका लागि गिलले सर्वाधिक अविजित १०४ रन बनाउँदा विजय शंकरले ५३ तथा ऋद्धिमान साहले १२ रनको योगदान दिए। बलिङतर्फ बेङ्ग्लोरका मोहम्मद सिराजले २ विजयकुमार व्यासक र हर्षल पटेलले समान १ विकेट लिए।
प्लेअफमा समीकरण कस्तो?
लिग चरणबाट २० अंक जोडेको गुजरात शीर्ष, १७ अंक जोडेका चेन्नइ र लखनउ दोस्रो र तेस्रो तथा १६ अंक जोडेको मुम्बई चौथो टोली बन्दै प्लेअफमा पुगेका छन्।
यस्तोमा दोस्रो स्थानको चेन्नइ र शीर्ष स्थानको गुजरातले मंगलवार पहिलो क्वालिफायर्स खेल्नेछन्। जसको विजेता टोलीले सोझै फाइनल खेल्नेछ। त्यस्तै बुधवार लखनउ र मुम्बईले इलिमिनेटर खेल्नेछन्। जसको विजयी टोलीले चेन्नइ र गुजरातबीच पराजित हुने टोलीसँग शुक्रवार दोस्रो क्वालिफायर्स खेल्नेछ, जसबाट फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।