PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने



पहिलोपोस्ट

नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

काठमाडौं : सोमवार पनि प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

बैठक बिहान ११ बजे बोलाइएको छ। आइतवार पनि अबेरसम्म नीति तथा कार्यक्रममाथि छलफल भएको थियो।

राष्ट्रपतिले शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बठैकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सोमवार पनि जारी रहने संसद्को कार्यसूचीमा उल्लेख छ। 

आइतवारको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। त्यसक्रममा उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रतिवाद गरे। उनी लगायतका सांसद्हरुले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा संसद्मा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell