PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रणनीतिक महत्वको बाखमुटलाई लिएर रसिया र युक्रेनको आआफ्नै दाबी



पहिलोपोस्ट

रणनीतिक महत्वको बाखमुटलाई लिएर रसिया र युक्रेनको आआफ्नै दाबी
Photo : Press service of 'Concord'/Reuters

रसिया र युक्रेनबिच युद्ध भइरहेको आज ४५३ दिन पुगेको छ। दुई देशबिच युद्ध सकिने कुनै सम्भावना अहिलेसम्म देखिएको छैन। अमेरिका र पश्चिमा देशहरु रसियालाई जवाफदेही बनाउनुपर्नेमा जोड दिँदै गर्दा युक्रेनको महत्वपूर्ण मानिएको बाखमुट क्षेत्रमा भने रसियाले नियन्त्रण कायम गरेको छ। तर, युक्रेनले भने बाखमुटका केही क्षेत्र अझै आफ्नै नियन्त्रणमा रहेको जनाएको छ।

कुनैबेला करिब ७० हजार मानिसको बसोवास रहेको बाखमुट क्षेत्रमा ८ महिनादेखि युद्ध भइरहेको छ। यो क्षेत्रमाथि नियन्त्रण कायम गर्न सफल भएको भन्दै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई बधाई दिएका छन्। तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भने बाखमुट शहर 'कब्जा'मा नपरेको दाबी गरेका छन्। युक्रेनको सेनाअध्यक्ष ओलेकसान्ड्र स्रिस्कले रसियाली सेना शहर कब्जा गर्न नजिक आइरहेको बताएका छन्।

डोनबास शहरलाई रसियाले स्वतन्त्र राज्यको मान्यता दिएपछि नै युद्धको प्रारम्भ भएको थियो। पुटिनले त्यही डोनबास शहरलाई 'स्वतन्त्र' बनाउनका लागि  बाखमुटमा नियन्त्रण गर्नै पर्छ। त्यसैले यो क्षेत्रको रणनीतिक महत्व छ। यो शहर आफ्नो नियन्त्रणबारे गुमे युक्रेनलाई ठूलो असर पर्न सक्छ। रसियालाई ८ महिनासम्म रोक्न सफल भएको युक्रेनी मनोबलमा चोट पुग्नेछ।

रसियालाई पनि यो क्षेत्र जसरी पनि आफ्नो नियन्त्रणमा ल्याएर युक्रेनलाई दबाबमा राख्नुपर्नेछ। रसियाली सेनाले नसकेपछि वानगर ग्रुपलाई रसियाले बाखमुट नियन्त्रणका लागि पठाएका थिए। सो सैन्य समूहले सिरिया र अफ्रिकी राष्ट्रहरुमा काम गरिसकेका छन्। टेलिग्राममा वानगर ग्रुपका सैनिकहरुले बाखमुटमा विजयी उत्सव मनाइरहेको भिडियो र तस्विरहरु 'सेयर' भइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell