PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?



रमेश पराजुली

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?

बुटवल : लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीका एक-एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

नेपाली कांग्रेसबाट दाङका राजु खनाल, जसपाबाट बाँकेका भण्डारीलाल अहिर र जनमत पार्टीबाट रुपन्देहीका चन्द्रकेश गुप्ता नयाँ मन्त्री बन्न लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए।

मुख्यमन्त्री चौधरीले यसअघि माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइसकेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन्। आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी छ।

अहिलेको गठबन्धन सरकारलाई ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ। मुख्यमन्त्री चौधरीलाई कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्रसमेत गरि ५३ जनाले विश्वासको मत दिएका छन्। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चौधरी वैशाख १४ गते नियुक्त भएका थिए। उनले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell