PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पैदलयात्रीको सुरक्षाका लागि प्रयागमार्गमा आकाशे पुल बनाउन प्रकाशमानको माग



पहिलोपोस्ट

पैदलयात्रीको सुरक्षाका लागि प्रयागमार्गमा आकाशे पुल बनाउन प्रकाशमानको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंको आलोकनगर प्रयागमार्गको बीचमा आकाशेपुल बनाउन माग गरेका छन्। ती क्षेत्रका पैदलयात्री असुरक्षित भएको उल्लेख गर्दै सोमवार संसदको शुन्य समयमा प्रकाशमानले उक्त माग गरेका हुन्।

'पैदलयात्रीको दृष्टिकोणबाट सुरक्षाको बारेमा म यहाँ बोल्न चाहिरहेको छु। काठमाडौंको क्षेत्र नम्बर १ को शान्तिनगर क्षेत्रमा पैदलयात्रीको दृष्टिकोणबाट ब्ल्याक स्पटको रुपमा डेप्लभ भइरहेको छ। केही वर्षदेखि धेरैले ज्यान गुमाइसकेका छन्,' प्रकाशमानले भने, 'त्यहाँको स्थानीय बासिन्दाबाट आलोकनगर र प्रयागमार्गबीचमा आकाशे पुलको डिमान्ड भएको कारणले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell