PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

पपुवा न्यूगिनीका प्रधानमन्त्रीले खुट्टा ढोग्दा मोदी मख्खै, प्यासेफिक राष्ट्रहरुबाट सम्मानैसम्मान



पहिलोपोस्ट

पपुवा न्यूगिनीका प्रधानमन्त्रीले खुट्टा ढोग्दा मोदी मख्खै, प्यासेफिक राष्ट्रहरुबाट सम्मानैसम्मान

जापानमा भएको जी७ राष्ट्रको सम्मेलनमा सहभागी भएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रशान्त क्षेत्रमा रहेको पपुवा न्यूगिनी पुगेका छन्। भारत-प्यासेफिक आइल्यान्ड कोअपरेशन सम्मेलनको तेस्रो संस्करणमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्।

मोदीलाई आज दुईवटा प्यासेफिक राष्ट्र : फिजी र पपुवा न्यूगिनीले सर्वोच्च नागरिक सम्मानबाट सम्मानित गरेको छ। कोअपरेशन सम्मेलनको 'साइइलाइन'मा मोदीलाई सो सम्मान दिइएको हो।

फिजीले मोदीलाई उनको नेतृत्वको मूल्यांकन गर्दै 'कम्पेनियन अफ दी अर्डर अफ फिजी'बाट सम्मानित गरेको हो। फिजीका प्रधानमन्त्री सितेभेनी रबुकाले मोदीलाई त्यहाँको सर्वोच्च नागरिक सम्मानबाट सम्मानित गरेका हुन्।

पपुवा न्यूगिनीले 'कम्पेनियन अफ दी अर्डर अफ लोगोहु' बाट सम्मानित गरेको हो।

यस्तै, पलाउले पनि मोदीलाई 'एकबाल अवार्ड'बाट सम्मानित गरेको छ। पपुवा न्यूगिनीमा नै पलाउका राष्ट्रपति सुरेनजेल विप्स जुनियरले मोदीलाई सो अवार्ड प्रदान गरेका थिए।

मोदी आइतवार राति पपुवा न्यूगिनी पुगेका थिए। विमानस्थलमा मोदीलाई त्यहाँका प्रधानमन्त्री जेम्स मरापेले स्वागत गरेका थिए। अहिले भारतसँगै प्यासेफिक क्षेत्रमा मोदीको स्वागतको चर्चा छ। विमानबाट ओर्लिएपछि स्वागत गर्दै मरापेले मोदीको खुट्टा ढोगेका थिए। अहिले त्यही भिडियो र तस्विरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन्।

आफ्नो खुट्टा ढोग्दै गर्दा सुरुमा मोदीले रोक्ने प्रयास गरेका थिए। पछि मरापेले खुट्टा ढोगेपछि मोदीले मख्ख पर्दै मरापेको ढाड थपथपाउँदै अंगालो हालेका थिए।

पपुपा न्यूगिनीबाट मोदी अस्ट्रेलिया जानेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell