PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नक्कली शरणार्थी प्रकरणः फरार १७ जनालाई पनि प्रतिवादी बनाइयो



पहिलोपोस्ट

नक्कली शरणार्थी प्रकरणः फरार १७ जनालाई पनि प्रतिवादी बनाइयो

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमाथि प्रहरीले गरेको अनुसन्धानको फाइल प्रहरीले आज सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ। ५५ दिन लामो अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य फरार १७ जनालाई प्रतिवादी बनाएर फाइल बुझाइएको हो।

'भर्खर फाइल आएको छ। हामी बुझ्दैछौं,' सरकारी वकिल कार्यालयका सहन्यायधीवक्ता अच्युत न्यौपानेले भने।

चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। वैशाख ४ गतेसम्म प्रहरीले धरपकड भने जारी नै राखेको थियो। यस प्रकरणमा प्रहरीले ठगी, संगठित अपराध र राज्य विरुद्धको अपराधमा मुद्दा चलाउन राय दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell