PahiloPost

Jun 15, 2026 | १ असार २०८३

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापा नियुक्त



पहिलोपोस्ट

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापा नियुक्त

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापालाई नियुक्त गरेका छन्।

नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका थापा बुटवल उपमहानगरपालिका ९ निवासी हुन्। यसअघि पूर्वमुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका खुमकान्त पौडेलले मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिएपछि चौधरीले थापालाई नियुक्त गरेका हुन्।

वरिष्ठ अधिवक्तासमेत रहेका थापाले बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थिए। राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन्। थापालाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell