PahiloPost

May 24, 2026 | १० जेठ २०८३

विश्वकै महंगो आइसक्रिमको मूल्य ८ लाख ४४ हजार रुपैयाँ



पहिलोपोस्ट

विश्वकै महंगो आइसक्रिमको मूल्य ८ लाख ४४ हजार रुपैयाँ
Photo : Guinness World Records

'ह्वाइट नाइट' नाम दिइएको आइसक्रिम विश्वकै महंगो आइसक्रिम बनेको छ। जापानी भाषामा 'वाकुया' भनेर चिनिने यो आइसक्रिम विश्वकै महंगो भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ।

यो आइक्रिमको मूल्य ६ हजार ३८० अमेरिकी डलर (करिब ८ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ।

जापानी आइक्रिम ब्रयान्ड सेलाटोले 'ह्वाइट नाइट'लाई 'गेलेटो' भनेर उल्लेख गरेको छ। यो शब्द इटालियन भाषाबाट लिइएको हो। 'ह्वाइट नाइट' आइसक्रिम बनाउन चाहिने 'ह्वाइट ट्रफल्स' इटालीको अल्बा शहरबाट ल्याइने गरिन्छ। सो ट्रफल्सको मूल्य प्रतिकेजी १४ हजार ५०० अमेरिकी डलर (करिब १९ लाख १२ हजार) पर्छ।

आइक्रिमको माथि 'इडिबल गोल्ड', दुई प्रकारको चिज र 'सकेकासु' नाम गरेको खानेकुरा पनि राखिन्छ।

'यो आइसक्रम बनाउन हामीलाई साढे एक वर्ष लाग्यो। त्रुटिहरू हटाउँदे सही स्वाद प्राप्त गर्न धेरै परीक्षण गर्‍यौं,' कम्पनीका एक व्यक्तिले गिनिज वर्ल्ड रेकर्डसलाई भनेका छन्।

कम्पनीले आफ्नो योजना स्वादिष्ट र महंगो 'डेजर्ट' बनाउनेमात्र नभएको जनाएको छ। युरोपेली सामग्री र परम्परागत जापानी खानाहरू 'मर्ज' गरेर साहसिक पाककला सिर्जना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

सेलाटोले आफ्नो वेबसाइटमा सो आइक्रिमलाई बिक्रीमा राखेको छ। र, ग्राहकको अर्डर बमोजिम 'सिपिङ'को व्यवस्था समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell