PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश खारेज गर्ने प्रस्ताव



पहिलोपोस्ट

राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश खारेज गर्ने प्रस्ताव

काठमाडौं : राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिवेदनहरु अनुमोदन गरेको छ। पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत 'वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना', महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ , राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गरी केन्द्रीय समितिमा प्रस्तुत गर्न अनुमोदन गरेको हो।

बैठकले संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकोले बिचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बहस भएको छ। प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले जोड दिएको छ। यसबारे केन्द्रीय समितिमा थप विस्तृत छलफल भई निर्णय हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बैठकले जनवर्गीय संगठन, विभाग र समितिहरुको ६ महिने कार्ययोजनाहरुलाई पनि केन्द्रीय समितिमा प्रस्तुत गर्ने गरी अनुमोदन गरेको छ। राप्रपा नेपालको केन्द्रीय समितिको बैठक भोलि जेठ ९ र १० गते काठमाडौंमा बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell