PahiloPost

Jun 15, 2026 | १ असार २०८३

रातो मछिन्द्रनाथ र मीननाथलाई जावलाखेल पुर्‍याइयो

रातो मछिन्द्रनाथ र मीननाथलाई जावलाखेल पुर्‍याइयो

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई जावलाखेल पुर्‍याइएको छ।

लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको ‘रछ्यान कामना पीठ’को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ।

रातो मछिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ। इति टोलबाट जावलाखेलसम्म रथ पुर्‍याउने दिन पुल्चोक, बुंगमती, कीर्तिपुर, पांगा, नँगाउँ, सतुंगल, बलम्बु, मच्छेगाउँ र थानकोटका मानिसहरु आउनुपर्ने कथन छ।

रातो मछिन्द्रनाथको रथलाई पाटनबाट पश्चिम दिशामा पर्ने बुङ्गमती लैजाने भएकाले आजको यात्रालाई ‘पश्चिमगमन यात्रा’ पनि भनिन्छ।

अब केहीदिनपछि भोटोजात्रा सम्पन्न गरि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्गमती लगिन्छ। त्यहाँ रहेको मन्दिरमा विराजमान गराएपछि मात्रै यो वर्षको रातो मछिन्द्रनाथको जात्रा समापन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell