PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानाध्यापक सरुवा विवादमा बारामा झडप, ९ जना सुरक्षाकर्मी घाइते



पहिलोपोस्ट

प्रधानाध्यापक सरुवा विवादमा बारामा झडप, ९ जना सुरक्षाकर्मी घाइते

वीरगंजः प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बारामा विद्यार्थीहरुले विद्यालय तोडोफोड गरेका छन्। सूवर्ण गाउँपालिकाका विभिन्न विद्यालयको प्रधानाध्यापक सरुवा विवादमा विद्यार्थीले प्रदर्शनसहित विद्यालय तोडफोड गरेका हुन्।

विद्यार्थीहरुले कार्यालयमा तोडफोड गर्नुका साथै १० वटा मोटरसाइकलमा आगजनी समेत गरेका छन्।

सूवर्ण गाउँपालिकाको बैठक बसिरहेका बेला विद्यार्थीहरुले तोडफोड गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालले बताए।

पालका अनुसार हर्दिया माविका प्रधानाध्यापक राम एकवाल प्रसाद, देवापुर बहुअर्वाका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीयाका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कबहीजब्दी माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि विद्यार्थी र असन्तुष्ट समूहले कार्यालय तोडफोड गरेका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले गरेको ढुंगामुढाबाट ९ जना सुरक्षाकर्मी घाइते भएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले २ दर्जन राउण्ड अश्रुग्यास पनि फायर गरेको थियो। प्रहरी उपरीक्षक बोगटीका अनुसार प्रहरी जवान सुरेन्द्र खत्वे मण्डलको अनुहारमा चोट लागेको छ।

यसैबीच सरुवाको शिक्षक महासंघ पर्साले पनि विरोध गरेको छ। महासंघले वीरगंजमा धर्ना सुरु गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell