PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

राप्रपा नेपालको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक आजबाट



पहिलोपोस्ट

राप्रपा नेपालको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक आजबाट

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तातित बैठक मंगलवार काठमाडौंमा बस्ने भएको छ। बैठकमा अध्यक्ष कमल थापाद्वारा ‘वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुने पार्टीले जानकारी दिएको छ।

महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठले सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय बाहेक बिचको प्रदेश संरचना खारेज गर्नुपर्ने बारेमा केन्द्रीय समितिमा छलफल हुने समेत उनले बताए।

पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले निर्णय लिन सक्ने बताइएको छ। बैठकमा जनवर्गीय संगठन, विभाग र समितिहरुको ६ महिने कार्ययोजनाहरु पनि प्रस्तुत हुनेछ। बैठक बुधवार सम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell