
काठमाडौँ: एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा दिउँसो ३ बजे खेल सुरु हुनेछ।
सोमवारबाट सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमै कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। पहिलो सेट २५-११, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-११ ले जितेको थियो।
अर्कोतर्फ बंगलादेश भने आफ्नो पहिलै खेलमा भारतसँग पराजित भएको थियो। भारतले बंगलादेशलाई सोझो सेटमा हराउने क्रममा २५-३, २५-९ र २५-६ को सेटमा सहज विजय हात पारेको थियो।
प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले गरेका थिए।