PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कीर्तिमान बनाउने कामीरिताको हुटहुटी : २८ औं पटक पुगे सगरमाथाको चुचुरोमा



पहिलोपोस्ट

कीर्तिमान बनाउने कामीरिताको हुटहुटी : २८ औं पटक पुगे सगरमाथाको चुचुरोमा
फाइल फोटो

काठमाडौं : पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन्। आज बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको आरोहण पूरा गर्दै कीर्तिमान कायम गरेको हुन्।

यो वर्षको वसन्त ऋतुमा उनले दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन्। यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए।

उनले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बनाएपछि पासाङ दावा शेर्पाले पनि २७ औं पटक सगरमागा पुगेर उनको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि कामीरिताले फेरि सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका हुन्।

कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्। सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell