PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

'आरआरआर' मा अभिनय गरेका रे स्टीवेन्सनको निधन



पहिलोपोस्ट

'आरआरआर' मा अभिनय गरेका रे स्टीवेन्सनको निधन
Photo: India today

‘थोर’ र ‘आरआरआर’ फिल्ममा काम गरिसकेका अभिनेता रे स्टीवेन्सनको निधन भएको छ। ५८ वर्षको उमेरमा उनको निधन भएको बीबीसीले उल्लेख गरेको छ।

इटालियन टापु इस्चियामा छायांकनका क्रममा उनलाई अस्पतालमा भर्ना गरिएको हलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  त्यहाँ उनी एक एक्सन फिल्मको सुटिङ गरिरहेका थिए।

उत्तरी आयरल्याण्डमा जन्मिएका उनी आठ वर्षको हुँदा परिवारसहित इङ्गल्याण्ड सरेका थिए। स्टीवेन्सनले ९० को दशकमा टीभी शृंखला र टेलिफिल्मबाट करियर सुरु गरेका थिए। सन् १९९८ मा रिलिज भएको ‘द थ्योरी अफ फ्लाइट’  सफल भएको थियो। जसमा उनी हेलेना बोनहम कार्टरको भूमिकामा देखिएका थिए।

मार्भलको ‘थोर’ का साथै ‘किल द आयरिशम्यान’ मा फिल्ममा समेत उनले अभिनय गरेका थिए। उनी एसएस राजामौलीको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ मा स्कट बक्सटनको भूमिकामा देखिएका थिए। निर्देशक राजामौलीले स्टीवेन्सनसँगको फोटो राख्दै शोक व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell