PahiloPost

Jun 15, 2026 | १ असार २०८३

साढे चार लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ



पहिलोपोस्ट

साढे चार लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

बुटवल : कपिलवस्तुमा प्रहरीले साढे चार लाख भारतीय रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको बगनासकाली गाउँपालिका ९ घर भई भारतको लखनउमा बस्दै आएकी ४५ वर्षीया राधा सारु रहेकी छिन्।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका २ लिङगेटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी सारुको झोला भित्र भारतीय रुपैयाँ फेला पारेको हो। सारुको झोला भित्र पाँच सय दरका नौ सय थान (चार लाख पचास हजार) भारतीय नोट भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

बरामद नोटको स्रोत पनि नखुलेको उनले बताए। सारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell