PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

क्वालिफायरमा आज चेन्नइ र गुजरात प्रतिस्पर्धा गर्दै, फाइनल पुग्न कसको कुन पक्ष बलियो?



पहिलोपोस्ट

क्वालिफायरमा आज चेन्नइ र गुजरात प्रतिस्पर्धा गर्दै, फाइनल पुग्न कसको कुन पक्ष बलियो?

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलवार क्वालिफायर्समा चेन्नइ सुपर किंग्स र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्। फाइनलमा स्थान बनाउने लक्ष्यका साथ साविक विजेता गुजरात धोनी नेतृत्वको चेन्नइसँग प्रतिस्पर्धामा उत्रनेछ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातले जारी सिजन आईपीएलको लिग चरणमा १४ खेलमध्ये १० वटामा जित निकाल्दै २० अंक जोडेर शीर्षस्थानमा रहँदै क्वालिफायर्समा पुगेको हो। त्यस्तै, चेन्नइ लिग चरणमा ८ वटा जित निकाल्दै १७ अंक जोडेर दोस्रो बन्दै क्वालिफायर्समा स्थान बनाएको हो।

गुजरातले जारी सिजनमा राम्रो टिम गेम प्रदर्शन गर्दै आएको छ। खासगरी ओपनर शुभमन गिलको उच्च प्रदर्शन रहँदा जारी सिजनको सर्वाधिक विकेट लिने मोहम्मद शमी र राशिद खान गुजरातमा रहेका छन्। दुवैले समान २४ विकेट लिएका छन्।

अर्कोतर्फ चेन्नइको ओपनिङ जारी सिजन राम्रो जमेको छ। डेभोन कोन्वे र रुतुराज गाइक्वाडले राम्रो सुरुवात दिलाइ रहँदा रवीन्द्र जडेजा र पेसर तुषारदेश पाण्डे पनि राम्रो जमेका छन्।

त्यस्तै, ‘क्याप्टेन कुल’ महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नइ पनि बलियो टोली रहेको छ। तीन पटक यी दुई टोली आमनेसामने हुँदा चेन्नइले हालसम्म गुजरातलाई हराउन सकेको छैन। यद्यपि, यो मैदानमा चेन्नइको रेकर्ड राम्रो रहँदा गुजरातको अनुभव यो मैदानमा कमजोर छ।

खेल साँझ पौने ८ बजे चेन्नइस्थित दिम्बरम स्टेडियममा सुरु हुनेछ। मंगलवारको खेलमा जित्ने टोलीले सिधा फाइनलमा अवसर पाउनेछ भने पराजित हुने टोली पनि दोस्रो क्वालिफायर्स इलिमिनेटरबाट आउने टोलीसँग खेल्न पाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell