PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

कर्णाली पिछडिएको क्षेत्र भनेर घोकाइयो, वास्तविक पिछडिएको क्षेत्र त मधेश हो : सीके राउत



पहिलोपोस्ट

कर्णाली पिछडिएको क्षेत्र भनेर घोकाइयो, वास्तविक पिछडिएको क्षेत्र त मधेश हो : सीके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले नीति तथा कार्यक्रम संघीयताविरोधी भएको आरोप लगाएका छन्। मंगलबार नीति तथा कार्यक्रममा आफ्नो राय राख्दै डा राउतले ७० पन्ने नीति तथा कार्यक्रममा ३ पटकमात्र संघीयता लेखिएको बताएका हुन्। '७० पानामा ३ पटकमात्र संघीयता लेखिएको छ,' उनले भने, 'यो नीति तथा कार्यक्रम संघीयता विरोधी देखियो।'

त्यसैगरी राउतले कर्णालीभन्दा पिछडिएको क्षेत्र मधेश प्रदेश भएको बताए। 'कर्णालीभन्दा पिछडिएको क्षेत्र मधेश हो, साक्षरता दर हेर्दा पनि हुन्छ,' उनले भने, 'कुपोषण दर मधेशमा धेरै छ तर पढाइन्छ कर्णालीमा खान पाइदैन भनेर।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell