PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

कांग्रेसकै सांसद उत्रिए आलोचनामा, अमेरिकामा पढेका डाक्टर अर्थमन्त्रीको नीति तथा कार्यक्रमको पनि उही ताल!



पहिलोपोस्ट

कांग्रेसकै सांसद उत्रिए आलोचनामा, अमेरिकामा पढेका डाक्टर अर्थमन्त्रीको नीति तथा कार्यक्रमको पनि उही ताल!

काठमाडौं : नेपाली कांग्रेसका सांसद दीपक गिरीले जुनसुकै सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि कर्मकाण्डी देखिएको बताएका छन्। मंगलवार सदनमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्।

'नीति तथा कार्यक्रम जुनसुकै नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गरेको होस् त्यो कतै नराम्रो हुँदैन। मुल कुरा हो कार्यान्वन पक्ष। त्यो किन भइरहेको छैन?' सांसद गिरीले भने, '७० प्रतिशत बजेट खर्च गर्न सकिरहेको छैन।' सरकारमा धेरै विज्ञ भएको उल्लेख गर्दै गिरीले नयाँ अर्थमन्त्रीको पनि उही ताल भएकोसमेत बताए।

'धेरै विज्ञ हुनुहुन्छ यहाँ। एउटा डाक्टर अमेरिकाबाट पिएचडी गरेको अर्थमन्त्री होस् कि कृषिसम्बन्धी ज्ञान भएको अर्थमन्त्री जनर्दन शर्मा। वर्षमान पुन भएको बेला होस्,' गिरीले भने, 'अखिर दस्तावेज उस्तै छन्। हिजोको पनि हेर्नुस् आजको पनि हेर्नुस् उही कर्मकाण्डी। चेन्ज गरौ न।'

सांसद गिरीले एमाले सांसद गोकुल बाँस्कोटाको किसानको मुद्दा उठाएकोमा प्रशंसासमेत गरे। 'अघि बोल्ने क्रममा माननीय गोकुलजीले मिठोकुरा गर्नुभयो। पहिले होस् या अहिले यही परम्परा चलिरहेको छ। चाहे देवेन्द्र उपाध्यक्ष अर्थमन्त्री हुँदा होस्। चाहे प्रकाशचन्द्र लोहनी अर्थमन्त्री भएकोबेला भएको होस्। यही परम्परा अघि गोकुलजीले मिठो शब्दमा किसानको सन्दर्भमा सरकारलाई एलर्ट गराउनुभयो। कि फेरि मलको हाहाकार नहोस्। यस्तो पोजेटिभ कुरा आउँदा राम्रो हुन्छ,' गिरीले भने, 'एकैचोटि तोप पड्काउने गरी पुनर्लेखनको कुरा उठिसकेपछि किन सुधार गर्नुपर्‍यो भनिराख्ने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell