PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

विश्वकप छनोटमा जिम्बावे र वेस्टइण्डिजसँगै नेपाल समूह 'ए' मा



पहिलोपोस्ट

विश्वकप छनोटमा जिम्बावे र वेस्टइण्डिजसँगै नेपाल समूह 'ए' मा

काठमाडौं : नेपाली क्रिकेट टोली आईसीसी विश्वकप छनोटको समूह 'ए' मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को तालिका अनुसार समूह 'ए' मा नेपालसँगै वेस्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। त्यस्तै समूह 'बी'मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र यूएई रहेका छन्।

नेपालको पहिलो खेल जुन १८ मा जिम्बावे*सँग हुनेछ। त्यसपछि जुन २० मा नेपाल र अमेरिका भिड्नेछन्। जुन २२ मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा जुन २४ मा नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ।

क्रिकेट विश्वकप लिग २ मा सानदार फिनिसिङ गर्दै विश्वकप छनोटमा स्थान बनाएको नेपालले पछिल्लो समय प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा समेत स्थान बनाएको थियो।

प्रतियोगिताका लागि नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले २२ सदस्यीय प्रारम्भिक टोली सोमवार घोषणा गरेका थिए। प्रिमियर कपमा च्याम्पियन बनेको टोलीका खेलाडीलाई नै देशाइले निरन्तरता दिएका छन्। प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, कुशल मल्ल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देवा खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अविनास बोहोरा रहेका छन्।

क्वालिफायर्समा दुबै समूहबाट तीन/तीन टोली सुपर सिक्समा पुग्नेछ्न् जसबाट दुई टोलीले भारतमा हुने विश्वकप खेल्नेछन्।

* यसअघि खेल तालिकाबारे समाचारमा भएका गल्ती सच्याउँदै सम्पादन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell