
जनकपुर : नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपछि निर्धारित शपथग्रहण कार्यक्रम नै अन्यौलमा परेको छ।
मुख्यमन्त्री बनेका सरोज यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने भएपछि माओवादी बाहिरिएको छ।
यादवले आजै कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरि सरकारमा सहभागी गराउन लागेका छन्। तर शपथग्रहण समारोह पुगेका सभामुखसमेत अन्योलता थपिएपछि कार्यक्रमस्थलबाट बाहिरिएका छन्।