PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मोरङका भुटानी शरणार्थीको माग : नक्कली भुटानी शरणार्थी प्रकरण सक्कली तरिकाले छानबिन गर



पहिलोपोस्ट

मोरङका भुटानी शरणार्थीको माग : नक्कली भुटानी शरणार्थी प्रकरण सक्कली तरिकाले छानबिन गर
तस्विर : रासस

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारवाहीको माग गर्दै मोरङको पथरी शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थीले प्रदर्शन गरेका छन्।

नेपाली नागरिकहरुलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौंको ठगी गरेको विषयमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

यो प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई पनि प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ।  

शिविरमा रहेका भुटानी शरणार्थीले सत्यतथ्य पत्ता लगाइ कारवाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।  'नक्कली भुटानी शरणार्थी प्रकरण सक्कली तरिकाले छानबिन गर', 'शरणार्थी समस्या समाधान गर' लगायतका नारा लेखिएको ब्यानर उनीहरुले प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell