PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

सकियो ‘नाङ्गो गाउँ’ को छायाङ्कन, बाहिरियो दयाहाङको लुक्स



पहिलोपोस्ट

सकियो ‘नाङ्गो गाउँ’ को छायाङ्कन, बाहिरियो दयाहाङको लुक्स

काठमाडौं : दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन सकिएको छ। काभ्रेको बेथानचोकका विभिन्न स्थानमा ३३ दिनमा छायाङ्कन सकिएको निर्देशक लामाले जानकारी दिए।

छायाङ्कन सकिएसँगै कलाकारहरुको 'सेट लुक्स' समेत बाहिरिएको छ। निर्माणपक्षले सार्वजनिक गरेको फोटोमा दयाहाङ राईलाई नेताका रुपमा देख्न सकिन्छ।

फिल्ममा दयाहाङका साथै मिरुना मगरर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा रहेका छन्। यो फिल्मलाई आगामी भदौको २९ गतेबाट रिलिज हुनेछ।

निर्देशकीय हिसाबले लामाको यो पाँचौ फिल्म हो। उनले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ र ‘२ नम्बरी’ निर्देशक गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell