PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति



पहिलोपोस्ट

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

हेटौंडाः वाग्मती प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित १६औं गणतन्त्र दिवस भब्य रुपमा मनाउने भएको छ। मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षता बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रको उपलब्धिलाई जनतासमक्ष पुर्‍याउन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

बैठकले जेठ १४, १५ र १६ गतेसम्म रक्तदान, सरसफाई, दिपावली, राष्ट्रिय झण्डा फहराउने कार्यक्रम गर्ने तय गरेको छ। मूल समारोहलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन समेत गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell