PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चेन्नई सुपर किंग्स आइपिएलको फाइनलमा



पहिलोपोस्ट

चेन्नई सुपर किंग्स आइपिएलको फाइनलमा
Photo: espncricinfo.com

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ। आइपिएलको १४ सिजनमा सहभागी चेन्नई फाइनलमा प्रवेश गरेको यो दशौं पटक हो। आइपिएलको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले पराजित गर्दै महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले फाइनलमा स्थान बनाएको हो। 

१७३ रनको लक्ष्य पछ्याएको गुजरात १५७ रनमा अलआउट भयो। गुजरातका शुभमन गिल र रसिद खानले आक्रामक इनिङ खेले पनि जितको लागि पर्याप्त भएन। 

चेन्नईका ओपनर ऋतुराज गायक्वडले डेभोन कोनवेले उत्कृष्ट सुरुवात दिलाएका थिए। मध्यक्रमका ब्याटर सस्तोमा समेटिँदा चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। 

अब गुजरातले लखनउ र मुम्बईको दोस्रो क्वालिफायरको विजेतासँग पुनः प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा विजयी हुने टिमले उपाधिका लागि चेन्नईसँग प्रतिस्पर्धा गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell