PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

देशका अधिकांश स्थानमा पानी पर्न सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान



पहिलोपोस्ट

देशका अधिकांश स्थानमा पानी पर्न सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखिमौसम  सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी  भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र वाग्मती प्रदेशका तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

बुधवार राति देशको पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell