PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

गुजरातलाई हराएर चेन्नइ आईपीएलको फाइनलमा



पहिलोपोस्ट

गुजरातलाई हराएर चेन्नइ आईपीएलको फाइनलमा
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नइ सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ। गएराति चेन्नइमा सम्पन्न खेलमा गुजरातलाई १५ रनले हराउँदै चेन्नइ फाइनल प्रवेश गरेको हो।

एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। चेन्नइका लागि पहिलो विकेटका लागि ८७ रनको साझेदारी बनाउँदै रुतुराज गाइक्वड र डेभोन कोन्वेले राम्रो सुरुवात दिलाए। गाइक्वडले सर्वाधिक ६० रन बनाउँदा कोन्वेले ४० रन बनाए। त्यस्तै रवीन्द्र जडेजाले २२ रन बनाउँदा अम्बाती रायडू र अजिन्क्या रहाणेले समान १७ रन बनाए। बलिङतर्फ मोहम्मद शमी र मोहित शर्माले समान २ विकेट लिँदा दर्शन नालकन्डे, राशिद खान र नूर अहमेदले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको १५७ रनमा समेटियो। गुजरातका लागि शुभमन गिलले सर्वाधिक ४२ रन बनाउँदा राशिद खानले ३०, दसुन शनकाले १७, विजय शंकरले १४ तथा ऋद्दिमान साहाले १२ रन बनाए। गुजरातलाई रोक्न दीपक चहर, महीस थीकसना, रवीन्द्र जडेजा र मथीसा पथिरानाले समान २ विकेट लिँदा तुषारदेश पाण्डेले १ विकेट लिए।

जितसँगै चेन्नइ फाइनलमा प्रवेश गरेको छ भने गुजरातले इलिमिनेटरमा विजेता टोलीसँग क्वालिफायर्स खेल्नेछ। क्वालिफायर्समा आज लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्स भिड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell