काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्र प्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण बुधवार हुने भएको छ।
दुवै जनाले राष्ट्रपति कार्यालयमा बुधवार बिहान शपथग्रहण गर्ने कार्यक्रम राखिएको जसपाले जनाएको छ। मंगलवार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। रासस