PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका हरेकलाई छानबिन गरौं : रवि लामिछाने, संसदीय विशेष समितिको माग



पहिलोपोस्ट

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका हरेकलाई छानबिन गरौं : रवि लामिछाने, संसदीय विशेष समितिको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले प्रकरणमा मुछिएकासबैमाथि छानबिन गर्नुपर्ने बताए। 'संसदीय विषेश समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ,' लामिछानेले भने।

कसको विश्वास गर्ने?
उनले अरु सर्वसाधरणको हकमा नाम आउँदैमा प्रहरीले पक्राउ गर्ने गरेको भए पनि नक्कली भुटानी प्रकरणमा छानबिन नभएको भन्दै सरकारको आलोचना गरेका हुन्। 'यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, हामीले कसलाई विश्वास गर्ने?,' उनले भने 

'प्रधानमन्त्रीको मुटू कहाँ गएर चेक गर्ने?'

लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा खु्ट्टा कमाएको आरोप लगाए। 'जस जसको नाम आएको छ त्यसलाई छानबिनसम्म गर्न नहुने। किन डराएको प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो कहाँ गएर चेक गर्ने?,' लामिछानेको प्रश्न छ।

नाम आएका हरेक व्यक्तिलाई सोधपुछको दायरामा ल्याउनुपर्ने पनि उनले बताए। छानबिन जनताले चाहेको जस्तो नभएको पनि उनले बताए। 

संसदमा रास्वपाले जनायो आपत्ति

रास्वपाले प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ उठेर विरोध जनाएको थियो। सभामुख देवराज घिमिरेले रास्वपालाई आफ्नो धारणा राख्न दिएपछि सभापति लामिछानेले बोलेका थिए। लामिछानेको भनाइपछि सभामुख घिमिरेले ध्यानाकर्षण भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell