PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा देखाइनेछ यी नेपाली फिल्म



पहिलोपोस्ट

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा देखाइनेछ यी नेपाली फिल्म

काठमाडौं : नेपाल- अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव असार ७ देखि १० गतेसम्म अमेरिकामा हुँदैछ। यसैबीच, फेस्टिभलमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गरिएको छ।

जसमा नेपालबाट ‘ऐना झ्यालको पुतली’, ‘सुर्वण थापा निर्देशित ‘द सेक्रेट अफ राधा’ देखि लघु चलचित्रहरु ‘लोरी’ र ‘फोर नाइट्स’ लगायतका फिल्महरु परेका छन्। त्यस्तै, फेस्टिभलमा पाकिस्तानका साइम सदिक निर्देशित ‘इल्याण्ड’ पनि प्रदर्शन हुनेछ।

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ को प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिनेछ। त्यस्तै, फेस्टिभलको समापन समारोहमा अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेन निर्देशित ‘पासाङ: इन द स्याडो अफ एभरेष्ट’ को प्रदर्शन गरिनेछ।

अमेरिकाको वासिङ्टन डिसीमा महोत्सवको उद्घाटन र समापन भने मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ।  महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्रहरू प्रदर्शन हुनेछन्। महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे छलफल गरिनेछ।

नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell